• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

उद्योग वाणिज्य संघको ककसमा सुमन श्रेष्ठ : होर्डिङ बोर्डको कर खारेजीदेखि फुटपाथ व्यवस्थापनसम्मका योजना


चितवन, १९ पुस । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मिति नजिकिएसँगै उम्मेदवारहरुले आफ्ना योजनाहरु निर्माण गरेका छन् । बिहीबार नारायणगढमा आयोजना गरिएको उम्मेदवार परिचय तथा आफ्नो प्रस्तुत गर्ने ककस कार्यक्रममा अध्यक्षका प्रत्यासी सुमन कुमार श्रेष्ठले व्यवसायीको पक्षमा निर्माण गरेको कार्ययोजना सुनाउनुभयो ।

उम्मेदवार श्रेष्ठले विगत १८ वर्षदेखि संघको विभिन्न पदमा रहेर पर्याप्त अनुभव तथा अन्य संघसंस्थामा नेतृत्व गर्दा प्राप्त गरेको सफल अनुभव र आफ्नो व्यवसायिक अनुभवको आधारमा संघको अध्यक्ष भएर काम गर्ने तयारी गरेको बताउनुभयो । उहाँले ककस कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनले गर्नुपर्ने कामलाई प्राथमिकताको आधारमा विभिन्न क्षेत्रमा वर्गीकरण गर्दै आफ्ना योजनाहरु प्रस्तुत गर्नुभयो । अध्यक्षका उम्मेदवार श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा गर्नुपर्ने कार्यहरु, कर कार्यालयसँगको सहकार्यमा गर्नुपर्ने कार्य, बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा गर्नुपर्ने कार्यहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।

उहाँले सडक किनारको फुटपाथ पैदल यात्रीहरुको लागि खाली राखिनुपर्ने भन्दै फुटपाथमा हुने व्यापारी गतिविधिलाई निरुत्साहित गरी वैकल्पिक व्यवस्था गर्न पहल गर्ने बताउनुभयो । त्यस्तै, नारायणगढ बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पार्किङलाई सहज, वैज्ञानिक तथा व्यवहारिक व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो । उम्मेदवार श्रेष्ठले आर्थिक मन्दीका कारण व्यवसायी चरम संकटमा परेका कारण व्यवसाय कर घटाउन पहल गर्ने आफ्नो कार्ययोजना रहेको बताउनुभयो ।

अहिले देशमा चरम आर्थिक मन्दी भएको भन्दै व्यवसायीको घरभाडा घटाउन घरबेटीसँग पहल गर्ने योजना निर्माण गरेको बताउनुभयो । व्यवसाय गर्दा पसलको चिनारीका लागि राखिने साइबोर्डको कर खारेज गर्न पहल गर्ने उम्मेदवार श्रेष्ठले बताउनुभयो । व्यवसायीले बिक्री गर्ने वस्तु तथा सेवाको गुणस्तरको मापदण्ड सम्बन्धीत वस्तुगतका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र विज्ञसँगको सहभागितामा तयार गर्नेगरी कार्ययोजना निर्माण गरेको उहाँले बताउनुभयो ।

अहिले बजारमा जुनसुकै समयमा पनि सवारीसाधनले सामान लोड अनलोड गर्ने गरेको भन्दै यसका लागि निश्चित समय निर्धारण गर्ने उहाँले बताउनुभयो । त्यस्तै, चितवनका विभिन्न ठाउँबाट आउने सार्वजनिक सवारीसाधनलाई नारायणगढ बजारसम्म आउने र हरेक चोकमा रोक्ने व्यवस्था मिलाउन पहल गर्ने उहाँको भनाइ छ । स्थानीय तहले सामान खरिद गर्दा स्थानीय व्यापारीसँगमात्रै खरिद गर्नुपर्ने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठको भनाइ छ ।

छ लेन सडक विस्तारमा ढिलाइ हुँदा व्यवसायीहरु प्रभावित भएको भन्दै उम्मेदवार श्रेष्ठले सडक विस्तारको योजना समयमै सक्नेगरी प्रभावकारी कदम चाल्ने बताउनुभयो । आन्तरिक राजस्व कार्यालयसँगको सहकार्यमा व्यवसायमैत्री कर निर्धारण गर्ने, कर तिर्नेलाई सम्मानजन्य व्यवहार गर्ने वातावरण तयार पार्ने उहाँको भनाइ छ । अन्य विभिन्न संघसंस्थासँग सहकार्य गर्दै व्यवसाय प्रवद्र्धनका लागि काम गर्ने उहाँको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई दिने ऋणमा पहिले लिएको ब्याज नै कायम हुने व्यवस्था गर्न पहल गर्ने श्रेष्ठले बताउनुभयो । व्यवसायीको हरेक समस्यामा सँगसँगै सहकार्य गर्दै अघि बढ्ने श्रेष्ठको भनाइ छ । विगत केही वर्षदेखि व्यवसायीले भोग्दै आएको साझा समस्या र चुनौतीलाई संस्थागत रुपमा समाधान गर्ने उद्देश्यका साथ संस्थाको अध्यक्षमा आफूलाई योग्य उम्मेदवारको रुपमा उभ्याएको उहाँको भनाइ छ ।

बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.