चितवन, पुस १– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० हुने भएको छ।
बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्ला स्तरीय माडी क्रिकेट कप-२०८० आयोजना हुने भएको हो। आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता संचालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिनुभयो। प्रतियोगितामा माडीका ४ टिम सहित कुल ८ टिमको सहभागिता रहने छ।
प्रतियोगितामा विजेता हुने टिमलाई नगद रु १ लाख र उपविजेता हुने टिमलाई नगद रु ५० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियगिता सम्पन्न गर्न रु सात लाख पचास हजार लाग्ने आयोजकले अनुमान गरेको छ।क्लबले लामो समय देखि माडी क्षेत्रमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिएको छ।