बेलायत, पुस १-
बेलायतमा एउटा अत्यासलाग्दो घटना भएको छ । बेलायतको वाणिज्य मन्त्रालयका पूर्वकर्मचारी एडम बेलले सुपरमार्केट चेन मरिसन्सबाट अनलाइनमा दूध अर्डर गर्दा बोतलबन्द पिसाब प्राप्त गरेका छन् । जुन ठगी सिकारको घटना हो ।
मरिसन्सबाट दूध अर्डर गरेका उनको घरमा पिसाबले आधा भरिएको बोतल डेलिभरी भयो । उनले सुपरमार्केटबाट आफ्नो घरमा डेलिभरी भएको दूधको एउटा बोतलको तस्वीर सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गर्दै लेखेका छन्, ‘प्रिय मरिसन । यहाँले सामान्यतया हाम्रो शपिंग अर्डरको प्रतिस्थापित सामानका बारेमा अगाडि नै जानकारी गराउने गर्नुहुन्थ्यो । तर यसपटक एक बोतल पिसाब पठाउँदा भने यहाँले कुनै जानकारी गराउनु भएन ।’
उक्त सामानहरुको केही हिस्सा स्थानीय म्यागपाई परियोजनाका लागि दान गर्ने उद्देश्यका साथ मगाएको भन्दै उनले सामान फिर्ता लिन र पैसा पनि फिर्ता गर्न अनुरोध गरेका छन् ।
उक्त बोतलको भित्र शंकास्पद देखिने तरल पदार्थ थियो । बोतल खोलेर हेर्दा त्यो तरल पदार्थ पिसाब रहेको पत्ता लाग्यो । वास्तवमा पेसाले नर्स रहेकी एडमकी पत्नीले सुँघेरै उक्त चिज पिसाब रहेको ठहर गरेकी थिइन् ।
एजेन्सी