हेटौंडा, मंसिर २५–
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले भोलि (मंगलबार) ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ कार्यक्रम आयोजना गरेको छ ।
एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म फेयर हुने एक्सपर्ट हेटौंडा शाखा प्रमुख अच्युत चालिसेले जानकारी दिए । उनका अनुसार फेयरको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छ । पाँच देशका १७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिने चालिसेले जानकारी दिए । ‘कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यक जानकारी लिन पाउने छन्, विद्यार्थी तथा अभिभावकहरुले मौकाको फाइदा उठाउनु होला’–चालिसेले भने । यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थिति हुनेछन् ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।