• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध


चितवन । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । तालमा पौडी खेल्दा प्रत्येक वर्ष डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए । माडी नगरपालिका(८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् ।

धार्मिक महत्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिए ।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

‘केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ’, माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी भने, ‘अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन् ।’

गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताए । यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ ।

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ । करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ । ‘ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ’, उनले भने, ‘कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन ।’

उनले तालको दक्षिणतर्फ पर्यटक लोभ्याउने केही गन्तव्यहरू भेटिए पनि प्रचार–प्रसार गर्न नसकिएको बताए । चौरमा संरचना बनाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको जनाउँदै उनले पर्यटक आकर्षण गर्ने खालका संरचना बनाइने जानकारी दिए ।

मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.