गैँडाकोट । गैँडाकोटमा नारायणगढ बुटवल सडक विस्तारका क्रममा नाला खन्ने क्रममा बिजुलीको पोल भाँच्चिदा एक घरमा क्षति पुगेको छ ।
गैँडाकोट २ स्थित इलाका प्रहरी कार्यालय अगाडी सडक निर्माणका क्रममा नाला खन्ने क्रममा ११ केभिएको पोल भाँचिएको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले जनाएको छ । बिजुलीको पोल भाँच्चिदा एउटा घरको रेलिङ्ग समेत भत्किएको हो । पोलबाट तानिएको तार रेलिङ्गमा बाँधेका कारण रेलिङ्ग भत्किन पुगेको थियो ।
सो कारण २०० केभिएको ट्रान्सफर्मर, १०० केभिएका तीनओटा प्राइभेट ट्रान्सफर्मर अवरुद्ध हुन पुगेका थिए । सो क्षेत्रमा जम्पर छुटाई लाइन सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले जनाएको छ ।
शुक्रबार भृकुटी चोक, प्रहरी चौकी अगाडी पछाडी, शिवालय मार्ग, अक्सफोर्ड कलेज क्षेत्र, गैंडाकोट वाड नं २ को पुल चोक क्षेत्रमा विद्युत मर्मत कार्य भइरहेको जनाएको छ । अपरान्ह करिब ४ बजे सम्म लाइन सुचारु हुन सक्ने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले जनाएको छ ।