• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

नेपालकी दीपिका, ठूला ज्यान भएकी सुन्दरी


काठमाडौं – अमेरिकामा नोभेम्बर १९ मा सम्पन्न मिस युनिभर्स २०२३ को क्राउन निकारागुवाकी शेनिस पलासियोस पहिरिन सफल भइन् । तर, चर्चा भने नेपालकी जेन दीपिका ग्यारेट आइन् । उनी चर्चामा आउनुको कारण उनको पहिचान र क्षमता नै प्रमुख हो । जेन ‘प्लस साइट’ मोडल हुन्, अर्थात् ठूला ज्यान भएकी सुन्दरी । पाँच फिट सात इन्ट उचाइकी जेनको फिगर ३८-३२-४० इन्च छ । उनको तौल ८० केजी छ । परम्परागत भाषामा भन्नु पर्दा भद्दा भनिएको शरीरले नै विश्वको ध्यान तान्यो । सोही कारण उनले अन्तर्राष्ट्रिय प्रतिष्ठित मिडियामा पनि स्थान बनाइन् ।

दीपिकालाई अन्तर्राष्ट्रिय मिडियाहरुले यति धेरै चर्चामा ल्याए कि उनलाई यस संस्करणको मिस युनिभर्सको प्रतिस्पर्धीसमेत भनेर उल्लेख गरियो । यसपालि मिस युनिभर्सको सहभागितामा केही खुकुलो गरिएको थियो । यस पटक मिस युनिभर्सले विवाहित, डिभोर्सी, ट्रान्सवुमन र प्लस साइज मोडललाई पनि सहभागी गराउने निर्णय गरिएको थियो । यस अवसरको फाइदा उठाउँदै जेन मिस युनिभर्समा प्लस साइज मोडल बनिन् । मिस युनिर्भसको टप ट्वान्टीबाटै बाहिरिए पनि उनले इतिहास भने रचेरै छाडिन् ।

चर्चामा आउनुको कारण                                                                                                                                                                जेनले मिस नेपालको उपाधि जित्दादेखि नै नेपालमा चर्चा पाएकी थिइन् । ‘प्लस साइज’ भएकै कारण उनी ट्रोलसमेत बनिन् । अर्काे कारण, उनी राम्रोसँग नेपाली बोल्न जान्दिनन् । ब्युटी प्याजेन्टमा ‘जिरो फिगर’ भएकै मोडलले प्राथमिकता पाउँछन् ।

प्लस साइजहरुले सुरुमै अयोग्य ठहरिन्छ र प्रतियोगितामा स्थान पाउँदैनन् । हो, यही मान्यतालाई विश्वमञ्चमा संसारका सामु तोडेका कारण उनी चर्चामा आएकी हुन् ।

ग्लोबल ब्युटिप्याजेन्टका लागि यो ऐतिहासिक क्षण हो । यसअघि यस्ता मञ्चमा ‘प्लस साइज’ मोडल देखिएका थिएनन् । उनको सहभागिताले सौन्दर्यको परम्परागत परिभाषा नै बदलियो ।

प्रतियोगिताबाट बाहिरिएपछि उनले सामाजिक सन्जालमा लेखेकी छन्, ‘म विश्वभरि वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताहरूको परम्परागत मापदण्ड तोड्न पाउँदा गर्व महसुस गरेको छु ।’

यसबाहेक प्रतियोगितामा उनले देखाइएको अर्को पक्ष ‘कन्फिडेन्ट’ हो । फरक जिउडालले अन्य प्रतियोगी भन्दा फरक देखिएको जेनलाई उनको आत्मविश्वासले पनि चर्चामा आउन मलजल गर्‍यो ।

मिस युनिभर्सको सुरुवाती चरणमा उनी उत्कृष्ट भएर प्रस्तुत भएकी थिइन् । त्यसबेलादेखि नै उनी मञ्चमा उक्लँदा ताली र होहल्लाले समर्थन पाउन सफल भएकी थिइन् । स्विमसुटमा उनको ‘स्टनिङ’ हिँडाइ विश्वभर फ्यान कमाउने अर्को कला बन्यो ।

प्रतियोगितामा परिचय, राष्ट्रिय भेषभुषा, स्विमसुट चरणमा उनी पूर्ण आत्मविश्वासले प्रस्तुत भएका कारणलाई उनलाई फाइनलको प्रतिस्पर्धीका रुपमा आकलन गरिएको थियो ।

मिस युनिभर्समा जनले क्राउने पहिरिने सफलता हात पार्न सकिनन् । तर, मिस युनिभर्स नेपालको ताज पहिरिँदै गर्दा उनलाई शारीरिक बनावटलाई ट्रोल गर्नेलाई सफलताले झापड लाउन सफल भइन् । ‘बडी सेमिङ’को पीडितलाई उनी प्रेरणा बन्न सक्छिन् ।

पूर्वमन्त्रीकी नातिनी

जेनको पूरा नाम ‘जेन दीपिका एलिजावेथ बोहोरा ग्यारेट’ हो । उनको पूरा नाम नै पाँच शब्दको छ । उनी अमेरिकन बाबु र नेपाली आमाको छोरी हुन् । सोही कारण हुन् शारीरिक बनावट नेपाली महिलाको भन्दा फरक छ । यसबारे एक अन्तर्वातामा भनेकी थिइन्, ‘मेरी आमा नेपाली र बुबा अमेरिकन हुन् । म हाफ अमेरिकन पनि हुँ । जिनका कारण म अमेरिकन जस्तै पनि देखिन्छु ।’

जेन राम्रोसँग नेपाली बोल्न जान्दिनन् । २३ वर्षीया उनी पछिल्लो १३ वर्षदेखि नेपालमा नेपालमा बस्दै आएकी छिन् । उनले नेपालकै कलेजबाट नर्सिङ गरेकी हुन् । भाषाबारे उनी भन्छिन्, ‘म १० वर्षकी हुँदा नेपाल आएको भए पनि इङ्लिस स्कुलमा पढेकाले मेरो नेपाली राम्रो छैन ।’

सुरुमा नेपाल बस्न नमानेर अमेरिका जान जिद्दि गरेको स्मरण गर्दै जेन भन्छिन्, ‘यो अवधिको नेपाल बसाईले आज म स्थानमा आएँ । यहीबेला नेपाली संस्कृतिसँग परिचित हुने मौका लियो ।’

परिवारका बारेमा जेनले सर्वजनिक रुपमा खासै बोलेकी छैनन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता तथा पूर्वमन्त्री दीपक बोहोराकी नातिनी हुन् । उनी पूर्वमन्त्री बोहोराको छोरी उन्नतशीलाकी जेठी छोरी हुन् । उनको एक भाइ र एक बहिनी पनि छन् ।

तर, उनले किशोर अवस्थामा आफूलाई लागेको पोलिस्टिक ओभरी सिन्ड्रोम नाम रोगका बारेमा खुलेर कुरा गर्छिन् । यो एक प्रकारको हर्मोनिक रोग हो । यही रोग नै उनको तौल बढ्नुको मुख्य कारण भएको उनी बताउँछिन् ।

मिस युनिभर्सबाट फर्किएपछि उनले मानसिक स्वास्थ्य र हर्मोन स्वास्थ्यसम्बन्धी काम गर्ने योजना रहेको बताएकी थिइन् । उनी त्यसमा काम पनि गरिरहेकी छन् । पढाइ नर्सिङ भए पनि उनको रुचि भने व्यवसायमा छ ।

 

Source :khabarhub.com

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.