• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

विश्वकप क्रिकेटः उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै


काठमाडौं, मंसिर ३– आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली तथा २ पटकको विजेता भारत र सर्वाधिक सफल ५ पटकको विजेता अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।

 

५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।

हेड टू हेड

यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन्।

एक दिवसिय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो। यी दुईबीच भएका पछिल्ला ५ खेलमा भारतले ३ खेल जित्दा २ खेल गुमाएको छ।

प्लेयर टु वाच

भारत

जारी प्रतियोगितामा भारतका लागि जुनै पनि खेलाडीले जितका लागि योगदान दिइरहेका छन्। जस्तो अवस्थामा पनि टोलीलाई खेलमा फर्काउन सक्षम खेलाडी भारतसँग छन्।

यद्यपी विष्फोटक पाली खेलिरहेका विराट कोहली भारतका हेर्न लायक खेलाडी हुन्। यस विश्वकपमा उनले १० इनिङस् खेल्दा सर्वाधिक धेरै ७११ रन बनाइसकेका छन्। जसमा ५ अर्धशतक र ३ शतक समावेश छ। विराटसँगै ब्याटिङमा कप्तान रोहित शर्मा, श्रेयेस अय्यर, केएल राहुल, शुभमन गिलको प्रदर्शन महत्वपूर्ण हुनेछ। बलिङमा मोहम्मद शामी भारतका लागि मुख्य हतियार फेरि एक पटक साबित हुन सक्छन्।

सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शान्दार जित निकाल्ने क्रममा शामी एक्लैले ७ विकेट लिएका थिए। उनले यस विश्वकपमा ६ खेल खेल्दा २१० रन खर्चिएर सर्वाधिक २३ विकेट लिएका छन् । त्यस्तै जसप्रित बुमराह, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सिराज बलिङमा प्रभाव पार्ने खेलाडी हुन्।

अष्ट्रेलिया

ब्याटिङमा अष्ट्रेलियाका लागि भरपर्दा खेलाडी हुन्, डेबिड वार्नर। जारी प्रतियोगितामा १० खेलबाट वार्नरले ५२८ रन बनाएका छन्। उनीसँगै मिचेल मार्स र ग्लेन म्याक्सवेल पनि भरपर्दा ब्याटर अष्ट्रेलियाका लागि निर्णायक पाली खेल्न सक्ने खेलाडी हुन्।

लिग चरणबाट सेमिफाइनल पुग्न निर्णायक जस्तै बनेको खेलमा म्याक्सवेल एक्लैले टोलीलाई जित दिलाए। छैटौं नम्बरमा ब्याटिङमा आएका उनले २०१ रनको कीर्तिमानी पाली खेलेका थिए। बलिङमा एडम जाम्पा अष्ट्रेलियाका प्रमुख हतियार हुन।

१० इनिङमा २२ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलको सुचीमा दोस्रोमा छन्। उनीसँगै जोस हेजलवुड, मिचेल स्टार्क र कप्तान प्याट कमिन्स पनि बलिङमा प्रभाव पार्न सक्ने खेलाडी हुन्।

एम्पाएर को ?

फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन्। ५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन्। उनी र कुमार धर्मसेना सन् २०१५ को विश्वकपको फाइनलमा पनि फिल्ड अम्पायर थिए। २००९ नोभेम्बरमा एकैदिन आईसीसीको अन्तर्राष्ट्रिय रेफ्री भएका दुबैले यो विश्वकपको सेमिफाइनल खेलाएका थिए।

भारत र न्यूजिल्याण्डको खेलमा इलिङवर्थ र अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा केटलबोरो अम्पायर थिए। फाइनलमा दुबै फिल्ड अम्पायर तोकिएका छन्। अम्पायरको नाम घोषणासँगै भारतीय समर्थक निराश भएका छन्।

किनकी रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, सबैमा भारतले हार व्यहोरेको छ। एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो। त्यो खेलमा केटलबोरो अम्पायर थिए।

टी–२० विश्वकप २०१६ मा वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस्। विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि केटलबोरो अम्पायर थिए।

विजेतालाई कति रकम ?

विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ। यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ।

उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ। सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८–८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन्।समूह चरणबाटै घर फर्केका ६ टिमले भने १–१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन्। लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन्।

आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.