• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

 नवलपुर, २५ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका नेवार समुदायले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका छन् । नगरपालिकाको कुल जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या नेवारी समुदायको रहेको भन्दै उनीहरुले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका हुन् । नगरपालिकाले कक्षा–८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको भए पनि कुनै पनि कक्षामा नेवारी कला र संस्कृति समावेशन नगरिएका नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले गुनासो गर्नुभयो ।

“प्रथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले ऐन बनाएको छ । तर, गैँडाकोटमा १० हजार भन्दा बढी जनसङ्ख्या रहेको नेवार समुदायको कला र संस्कृतिसमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको छैन” उहाँले भन्नुभयो । कला र संस्कृतिमा धनी रहेको नेवारी संस्कृतिबारे नयाँ पुस्ताले समेत विद्यालय तहबाटै ज्ञान पाउन पनि स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने उहाँले बताउनुभयो । नेवाः पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठले नेवार समुदायले मुख्यगरी नेपाल सम्वत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, यमोरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रा लगायत मनाउने गरेका बताउनुभयो । “ठाउँ विशेषअनुसार नेवार समुदायको कला, संस्कृति र भाषामा विविधता छ” उहाँले भन्नुभयो, “नेवार समुदायले मनाउने कूल पूजाको आधारमा जात्रा र पर्व मनाउने गर्छन् भने धेरै पर्वहरु साझा पर्वको रुपमा मनाइन्छ ।” नेवारी कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गराउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

गैँडाकोटका नेवार समुदायहरु कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँकाअनुसार आगामी २८ गते यस समुदायले गैँडाकोटमा नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछन् । गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर ¥यालीसहित अमरापुरी पुगेर नेपाल सम्वत्को कार्यक्रम गरिने भन्दै सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कात्तिक २८ गते नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना, शुभ–दिपावली (तिहार) र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम–२०८० को प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसी सहभागी हुने श्रेष्ठले बताउनुभयो । कार्यक्रम बिहान ८ बजे नारायणी नदी किनारबाट सुरु हुने कार्यक्रममा नेवारी समुदायसँगै सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥याली एवं शोभायात्रा अमरापुरीमा पुगेर बिहान १० बजेदेखि शुभकामना आदानप्रदान, १०ः३० बजे समयबाजी सुरु तथा बिहान ११ः३० बजे कार्यक्रम समापन गरिने उहाँले बताउनुभयो । आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उहाँले आत्मा शुद्ध भएपछि मात्रै सबै कुराहरु शुद्ध र राम्रो हुने बताउनुभयो । महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्रीहरु आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नेवार समुदायले महिलाहरुलाई उच्च सम्मान दिने गरेको भन्दै महः पूजामा महिलाहरुको प्रमुख भूमिका हुने. बताउनुभयो । नेवाः मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट–२ कि महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । स्थानीय तहले जनजातिहरुको कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको श्रेष्ठले बताउनुभयो । गैँडाकोट नगरपालिकाको कुल जनसंख्या ५८ हजार रहेको छ ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.