गैंडाकोट। गैर आवासीय नेपाली संघको हालै सम्पन्न ११औं अन्तराष्ट्रिय महाधिवेशनबाट सह-कोषाध्यक्ष पदमा निर्वाचित तिलक गैरेलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच गैंडाकोट खेलकुद समिति गैंडाकोटले समितिका सस्थापक सचिव समेत रहेका तिलक गैरेलाई गैर आवासीय नेपाली संघको सह-कोषाध्यक्षमा निर्वाचित भएपछि दसैँ, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान सँगै गैरेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।
गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले गैर आवासीय नेपाली संघको ११औं अन्तराष्ट्रिय महाधिवेशनबाट सह-कोषाध्यक्ष निर्वाचित गैरेलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा समितिका पूर्व अध्यक्ष दिनेश अधिकारीले गैरेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
समितिका उपाध्यक्ष रमेश तिवारीले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमकको संचालन सचिव प्रकाश पौडेलले गर्नुभएको थियो । कार्यकममा समितिका संस्थापक, खेलाडी, वडा खेलकुद अध्यक्ष, समितिका पदाधिकारी, सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।