• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

प्रसूति केन्द्र बन्द हुँदा बाटोमै जन्मिन्छन् बच्चा

बैतडी, असोज २९-

गाउँको प्रसूति केन्द्र एक वर्षदेखि बन्द हुँदा भारतसँग सीमा जोडिएको पञ्चेश्वरको विनायक गाउँका महिला अस्पताल पुग्न नपाई बिचबाटोमै बच्चा जन्माउन बाध्य छन्। प्रसूति बेथा लागेका महिलालाई भारतीय अस्पतालनजिक पर्ने भए पनि भारतीय सीमा सुरक्षा बलले महाकाली नदीको विनायकघाटमा नियमित डुङ्गा चल्न नदिँदा यस्तो समस्या भोग्न बाध्य हुने गरेका छन्।

भारतसँग सीमा जोडिएको पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँमा ११२ घरधुरी रहेका छन्। गाउँमा स्वास्थ्य संस्थाको माग राख्दै स्थानीयले दुई रोपनी जग्गा दान गरेपछि गाउँपालिकाले छ लाख रुपियाँ खर्च गरेर दुई वर्षअघि प्रसूति केन्द्र स्थापना गरेको थियो।

प्रसूति केन्द्रमा चाहिने जति आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीलगायत जनशक्तिको अभाव हुँदा प्रसूति केन्द्र सञ्चालन हुन सकेको छैन। पालिकाले नै कर्मचारीका लागि खाना पकाउने ग्यास चुलोसम्मका सामग्री खरिद गरेर राखिदिएको छ।

केही दिन गाउँमा सेवा दिन आएका स्वास्थ्यकर्मी नै ताला लगाएर हिँडेपछि एक वर्षदेखि प्रसूति केन्द्र बन्द रहेको छ। प्रसूति केन्द्रमा आउने खानेपानीको पाइप अलपत्र छ। भवन वरिपरि झाडी उम्रिएको छ भने भवन माकुराको जालोले घेरिएको छ।

प्रसूति केन्द्र बन्द भएपछि स्थानीय दुई जना गर्भवती सम्झना चन्द र कुस्मा चन्दले अस्पताल जाँदा बाटोमै बच्चा जन्माएको विनायक गाउँकी महिला स्वाथ्य स्वयम्सेविका पार्वती चन्दले बताइन् ।

“गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रेको अवस्थामा छ। छिमेकी देश भारतको अस्पताल जान सीमा सुरक्षा बलले महाकाली नदीमा डुङ्गा चल्न दिएको छैन,” स्वास्थ्य स्वयम्सेविका चन्दले भनिन्, “आर्थिक अवस्था राम्रो भएकाले १६ हजार तिरेर कच्ची सडकमा जिप बुक गरेर अस्पताल जान्छन्। जिप बुक गर्न नसक्ने महिला चार घण्टा पैदल हिँड्नु पर्दा बाटोमै बच्चा जन्माउने गर्छन्।”

विनायक गाउँमा रहेको प्रसूति केन्द्र बन्द भएपछि बुहारीलाई सुत्केरी गराउन १६ हजार रुपियाँ गाडीभाडा तिरेर गाउँपालिका नजिकको स्वास्थ्य संस्थामा गएको स्थानीय जनक चन्दले बताए ।

गाउँपालिकाको एम्बुलेन्स बिग्रेपछि स्थानीयले चर्को भाडा तिरेर स्वास्थ्य संस्थामा धाउनुपर्ने अवस्था रहेको पञ्चेश्वर–४ का वडा सदस्य चिमड चन्दले बताए  । विनायक गाउँमै रहेको प्रसूति केन्द्र सञ्चालन गर्न पालिकाको स्वास्थ्य शाखामा कुरा राखे पनि एक महिनामा तीन जना प्रसूति हुने भएपछि मात्रै गाउँमा स्वास्थ्यकर्मी खटाउन सकिने जानकारी दिएको वडा सदस्य चन्दले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सोमबार, असोज २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.