गैंडाकोट २८ असोज । गैंडाकोटमा दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रुहरु ठगिन र दुःख पाउन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो ।
गैंडाकोट २ नारायणी पुल नजिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रु सहायता कक्षको गैंडाकोट नगरपालिका २ का अध्यक्ष प्रकाश सापकोटा र इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो।
इलाका प्रहरी कार्यालय गैंडाकोट र इलाका ट्राफिक प्रहरी कार्यालय गैंडाकोटले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेका हुन् । यात्राका क्रममा कुनै समस्या भोग्नुपरेमा यात्रुहरुले सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन् ।