चितवन, असोज २२–
२७औँ विश्व अण्डा दिवस विविध कार्यक्रम गरी मनाईदै छ । नेपाल लेयर्स कुखुरापालक संघ र नेपाल भेटेरीनरी एशोसियसनको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।
संघले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी सातै प्रदेशमा आजदेखि असोज २५ गतेसम्म विभिन्न कार्यक्रम गरिने नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । प्रत्येक प्रदेशका १० वटा सरकारी वद्यालयमा अण्डाको महत्वमाथि सचेतनामुलक कार्यक्रम संचालन गर्नुको साथै अण्डा खुवाउने, बिरामी, अशक्त र वृद्धवृद्धाहरुलाई अण्डा वितरण गर्ने, रक्तदान कार्यक्रम गर्ने, अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, पोल्ट्री क्षेत्रका नितीगत समस्याका बारेमा व्यवसायीहरुबीच अन्तरक्रिया गर्ने, पोल्ट्री व्यवसायका चुनौति र अवसरका बारेमा गोष्ठी कार्यक्रमलगायतका कार्यक्रमहरु गर्ने तय भएको अध्यक्ष पोखरेलले बताए । उनले सप्ताहव्यापी कार्यक्रमको समापन असोज २६ गते पोखरामा गरिने बताए ।
पछिल्लो समस्या पोल्ट्री क्षेत्र धरासयी बन्दै गइरहेको छ । कोभिड–१९ माहामारी अगाडिसम्म नेपालमा दैनिक ५० देखि ५५ लाख रुपैयाँसम्म अण्डा उत्पादन हुँदै आइरहेकोमा दैनिक ३० लाख गोटा अण्डा मात्रै उत्पादन हुँदै आइरहेको छ ।