सुर्खेत, १३ असोज
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्। दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर मृत भेटिएका हुन्।
होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका बालक कक्षा २ मा अध्ययनरत थिए । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् ।आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि अवस्था तनावग्रस्त बनेको छ।
आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको छ।
घटना शंकास्पद रहेको र अनुसन्धान कार्य अघि बढाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले जानकारी दिए ।



