×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

“पर्व विशेष मेला–२०८०” को शुभारम्भ


भरतपुर/दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को आज असोज १० गते चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै शुभारम्भ भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित “पर्व विशेष मेला २०८०” को संक्षिप्त जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको अवस्थामा स्वदेशी उत्पादनहरुको प्रबर्द्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप आयोजना गरिएको यस मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध हुने बताउनुभयो ।

मेला अन्तर्गत पहिलो चरणमा नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला शुरु भएको छ भने विभिन्न गार्मेन्ट उद्योगीहरुको सहकार्यमा मेलाको अन्तिम हप्ता लत्ताकपडाको स्टलहरु राखिने लक्ष्य लिइएको छ । त्यस्तै पर्व मेलाको अवधि अन्तर्गत असोज २१ गतेदेखि घरयासी प्रयोजनमा धेरै परिमाणमा खपत हुने अनिवार्य आवश्यकताका दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीहरुको समेत बिक्री वितरणको व्यवस्था गरी आम उपभोक्तालई सहजीकरण गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग समन्वय भईसकेको अध्यक्ष कँडेलले जानकारी गराउनुभयो ।

मेलामा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको व्यवस्था गर्ने योजना बनाइएको र संघका वस्तुगत सदस्यहरुसँगको सहकार्यमा मेला अवधिमा फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु, खाद्यान्नका परिकारहरुका स्टलहरु समेत राखिने र संघले प्रत्येक शनिबार सञ्चालन गरिरहेको स्थानीय, रैथाने उत्पादनहरुको प्रबर्द्धनका लागि पर्व मेला अवधिका शनिबारहरुको हकमा सनिबारे मेला दिनभर सञ्लालन गरिने समेत अध्यक्ष कँडेलले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्व मेलाले स्थानीय ग्राहकहरुको मागलाई पूरा गरी ग्राहकहरुको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलामा राखिने उत्पादनको मूल्य निर्धारण, गुणस्तर लगायत आर्थिक हरहिसाबलाई पारदर्शी तरिका राखी कारोबार गर्न मेलाका प्रदर्शकहरुलाई आग्रह समेत गर्नुभयो ।

मेलाको सह–आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पर्व मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोगी हुने बताउनुभयो । उहाँले मेलाको माध्यमबाट सम्भव भएसम्म उत्पादक तथा उपभोत्ता र सरोकारवालाहरु बीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता/ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोडको कारोबार हुने अनुमान गरिएको छ। मेलामा जिल्लाभित्रका तथा बाह्य जिल्लाका हजारौं व्यक्तिले अवलोकन गर्ने हुँदा भरतपुर भ्रमण वर्ष २०२४ लाई आन्तरिक पर्यटक आकर्षण गर्न सहयोगी हुने आयोजकको दावी छ । प्रदर्शनी अवधिभर प्रदर्शक बिक्रेता तथा हजारौं संख्याका अवलोकनकर्ताहरु महिनौं दिनसम्म होटलमा बस्ने कारण चितवन, सौराहा, नवलपुरका पर्यटन उद्योगहरुलाई चलायमान बनाउन समेत मेला सहयोगी हुने हुँदा मेलाको माध्यमबाट आर्थिक गतिविधिहरु थप चलायमान हुन गई आर्थिक मन्दीबाट थलिएको अर्थतन्त्रलाई पुनर्उत्थान गरी उद्यमशिलताबाट पलायन हुन लागेका उद्योगी, व्यवसायीहरुलाई उद्यमशिलतामा निरन्तरता दिन प्रेरणा मिल्ने आयोजकको भनाई छ ।
शुभारम्भ कार्यक्रममा नेपाल उद्योग परिसंघ, गभर्निङ काउन्सिलका सदस्य कृष्ण प्रसाद अधिकारी, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँल, चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्क बहादुर खत्री, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुमार पाण्डे, नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपाने, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका उपाध्यक्ष सुरज बन्जाडे, चितवन उद्योग संघका उपाध्यक्षहश्र मदन घिमिरे, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका कार्यसमिति सदस्य जीवन श्रेष्ठ, चितवन उद्योग संघका पालिका समितिका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरु, चितवन उद्योग संघ महिला तथा युवा उद्यमी मन्चका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरू , संघका वस्तुगत सदस्यका अध्यक्ष , पदाधिकारीहरु तथा सदस्यहरू , स्थानीय टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगीहरु,लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ः०० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिनेछ ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको समुद्घघाटन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.