अर्घाखाँची, असोज ९ । अर्घाखाँचीका ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय रामबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



