काठमाडौं, असोज ०४-
आन्दोलनरत शिक्षकहरु र सरकारबीचको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए ।