सर्लाही, भदौ २१-
सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिलाको कान काटेर सुनका गहना लुटिएको छ।
भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घायते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको हो।
घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ । प्रहरीका अनुसार महिलाको टाउकोमासमेत गहिरो चोट लागेकोले वीरगञ्जमा उपचार भइरहेको छ।



