भारत, भदौ १५-
भारतको झारखण्डमा अवस्थित एक विद्यालयका प्रधानाध्यापकले प्राथमिक कक्षाका करिब ५० विद्यार्थीलाई लाइनमा उभिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
सोमबार सबै विद्यार्थी विद्यालय नआएकाले विद्यार्थीलाई लाइनमा राखेर लाठीले कुटपिट गरेका हुन्।
गत सोमबार गाउँमा कलश यात्रा निकालिएको थियो। उनीहरू कलश यात्रा गएका थिए।
बालबालिकाको पीठ र हातमा लाठीले कुटेको गहिरो निशान छ । बालबालिकाका अभिभावकले यसबारे प्रहरी चौकीमा उजुरी गरेका छन्। एजेन्सी