गैँडाकोट । नवलपुरको गैँडाकोटमा प्रहरीले घरेलु रक्सी बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले नगरको ढोडेनी क्षेत्रबाट बरामद गरेको ५२० लिटर घरेलु रक्सी नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधि गैंडाकोट नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष प्रकास सापकोटाको रोहबरमा बरामद गरिएको रक्सी नष्ट गरिएको बताए ।

स्थानीय सरकार र प्रदेश सरकारले घरेलु रक्सीलाई ब्रान्डीङ गरि बजारमा पठाउने र मान्यता दिने कुरा बेलाबखत चलेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।



