काठमाडौँ, भदौ ९-
उत्तर प्रदेशको बदायुनमा एक पुरुषलाई आफ्नै श्रीमतीले हत्या गरेको खुलेको छ। घरबाहिर सुतिरहेका अबस्थामा बञ्चरो प्रयोग गरि घाँटी रेटी हत्या गरेकी हुन्।
आफ्नो श्रीमानको बुहारीसँग अवैध सम्बन्ध रहेको शंका लागेपछि हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। त्यसपछि महिलालाई जेल पठाइएको छ।



