गैंडाकोट । नारायणी नदीको पुलबाट एक महिला बेपत्ता भएकी छिन् । प्रत्यक्षदर्शीहरुले ती महिला पुलबाट हाम फालेको बताएका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख हस्तबहादुर सुनारका अनुसार उनको खोजी कार्य जारी रहेको छ । उनी को हुन् र किन हामफालिन भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।



