• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा, चिकित्सक नै संलग्न

विराटनगर, ५ भदौ
विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो ।

मोरङको कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीले शिशु खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । अविवाहित महिलाले जन्माएको शिशु बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शिशु बिक्रीमा प्रसूति गराउने र उपचारमा संलग्न चिकित्सक नै रहेको प्रहरीको भनाइ छ ।

गत असार १३ गते ग्रिनक्रस अस्पतालमा भर्ना भएकी २६ वर्षीया युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् । उपचारमा संलग्न चिकित्सक तपेश्वरलाल कर्णले नै राजवंशीलाई शिशु बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गराएपछि मात्र आफू कार्यरत ग्रिनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएका थिए ।

“के कति रकम लेनदेन भयो भन्ने खोजी गर्दै छौँ । शिशु हामीले लिएर आएका छौँ,” डीएसपी दाहालले भने ।

प्रहरीले घटनामा अन्यको समेत संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।

सामान्यरूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र ती युवतीबीचको सम्बन्धबाट गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए ।

प्रेमी भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी–११ जनाइएको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि राईले युवतीलाई इटहरी लगेको र त्यहीँको होटेलमा राखेको उनले प्रहरीसमक्ष बयान दिएकी थिइन् । होटेलमा राखेर राई भागेको र फर्किएर नआएको युवतीले बताएकी छन् । आफूलाई शिशुबिनै होटेलमा पुर्‍याइएको उनको भनाइ छ ।

युवतीले भनिन्, “उहाँले मेरो बच्चा गायब बनाई फर्केरसमेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी थिएँ ।”

प्रसूति गराउने चिकित्सक प्रहरीले पक्राउ गर्ने भएपछि बिरामी भएको बाहना गर्दै अस्पतालमा भर्ना भएका थिए ।‌ ग्रिनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासका अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो ।

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.