नवलपुर। पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी स्थित घ्यु खोलामा यात्रु बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौंका लागि छुटेको सु.प.प्र. ०१ –००१ख २९८६ नम्बरको बस बे्रक फेल भएर सडक छेउमा पल्टिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका –२, दाउन्ने स्थित घ्यु खोलामा आज बिहान तीन बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरा मुक्त रहेको उहाँको भनाई छ । बसमा ३५ जना यात्रु सवार रहेका थिए ।