• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

भरतपुर, भदौ १-

नयाँपुस्ता आरन पेशाप्रति आकर्षित देखिँदैनन् । परम्परागत पेसा छाडेर युवा विदेशिनेक्रम बढ्दो क्रममा गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा राजकुमार दैनिकजसो फलामका सामग्री बनाएको अवस्थामा भेटिनुहुन्छ ।

पृथ्वीराजमार्गबाट करिब ५० मिटर माथि जस्तापाताले बार छाएको एउटा सानो छाप्रोमा ४१ वर्षीय उहाँले आफ्नो भविष्य यही पेसामा खोज्नुभएको हो । “आगोको रापमा बसेर काम गर्न सजिलो छैन । कमाई पनि त्यति राम्रो हुँदैन”, पसिना पुछ्दै राजकुमार थप्नुहुन्छ, “मासिक रु ४० हजारको हाराहारीमा कमाई हुन्छ ।”

उहाँ हँसिया, खुर्पा, कोदालो, खुकुरी, दाउलगायत बनाउने गर्नुहुन्छ । राजकुमारका ग्राहक चितवन, धादिङ, गोरखा तनहुँसम्मका छन् । नयाँ सामग्री बनाएर गाउँ लगेर बेच्नुहुने उहाँ हँसिया अर्जापेको रु एकसय, कोदालीको रु ७० लिनुहुन्छ । नयाँ हँसियालाई रु चार सय देखि रु पाँच सयसम्ममा बेच्ने गरेको राजकुमार सुनाउनुहुन्छ ।

मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसामा आकर्षण विस्तारै घट्दै गएको उहाँ बताउनुहुन्छ । “पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अझै अघि बढेको देखिँदैन । आगोको तातो रापमा बस्न कठिन छ । धेरैले यो व्यवसाय गर्दैनन्”, उहाँ भन्नुहुन्छ, “कमाई पनि भनेजस्तो छैन राजकुमारलाई अहिले छोराले सहयोग गरिरहेका छन् ।”

कसरी लाग्नुभयो राजकुमार आरन पेसामा

राजकुमारले आरन व्यवसाय थालेको जम्मा पाँच वर्ष पुग्यो । आरन व्यवसाय सुरु गर्नुभन्दा पहिले उहाँले साउदीमा तीन वर्ष बिताउनुभयो । “साउदीमा राम्रै कमाई थियो । स्वदेशमै केही उद्देश्यका साथ फर्किए”, राजकुमार भन्नुहुन्छ, “चुनौतीकाबीच आरन पेसा अँगालेको छु ।”

उहाँले १० वर्ष काठमाडौँमा फलामका सामग्री बनाउने कम्पनीमा काम गर्नुभएको थियो । त्यहाँ राम्रो कमाई नभएपछि फिस्लिङ आएर आरन व्यवसाय गर्न थाल्नुभएको हो । “सानैदेखि मैले यो पेसा जानेको होइन । दस वर्ष काठमाडौँमा बस्दा सिकेँ । बढी काम गर्नुपर्ने, पैसा पनि धेरै भएन”, उहाँ भन्नुहुन्छ, “बरु आफ्नै व्यवसाय सुरु गर्छु भनेर यता लागेँ ।” यसबाट परिवार पाल्न सकेकामा सन्तुष्ट नै रहेको राजकुमार बताउनुहुन्छ ।

आरन पेसाको चुनौती

गाउँघरमा कोइला पाउन मुश्किल छ । बाहिरबाट ल्याउँदा कोइलाको मूल्य बढी लाग्ने उहाँ बताउनुहुन्छ । फलामको मूल्य बढ्दा पहिलेजस्तो घरेलु औजारको बिक्रीवितरण हुन छाडेको छ, खेती किसानी गर्ने मानिस पनि घट्दै गएकाले विगतमा जस्तो व्यापार नभएको राजकुमारको गुनासो छ । परम्परागत पेसालाई यहाँ युवापुस्ताले आधुनिकीकरण गरेको भेटिँदैन । यसका लागि ठूलो लगानी लाग्ने हुँदा राज्यले सहयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । रासस

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.