चितवन, ३२ साउन । नारायणगढ जेसीजले भदौ (भोली)१ गतेदेखि ७ गते सम्म जेसीज सप्ताहा २०२३ विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सप्ताहा कार्यक्रमको पहिलो दिन भदौं १ गते भरतपुरका सबै वडाका जनप्रतिनिधिहरुका लागि प्रभावकारी बैठक कसरी संचालनगर्ने विषयमा तालिम आयोजनागर्ने तयारी छ ।
जेसीज सप्ताहा २०२३ को मूल संयोजक राजेन्द्र भट्टराईका अनुसार भोली भरतपुर महानगरपालिकाको सभाहलमा पहिलो कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
यस्तै भदौ २ गते जेसीज गाउँमा बृहत स्वास्थ्य शिविर तथा शैक्षिक सहयोग कार्यक्रम आयोजनागर्ने तयारी छ । इच्छा कामना गाउँपालिमा जेसीजले एउटा गाउँलाई जेसीज गाउँको रुपमा विकास निर्माणमा सहयोग पुर्याउँदै आएको छ । इच्छा कामना गाउँपालिकाको परिसरमा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी रहेको आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
भदौं ३ गते कौशीमा खेतीगर्ने बारे तालिम आयोजनागर्ने तयारी छ । भरतपुर महानगरपालिकाको वडा नं. २ को कार्यालय परिसरमा तालिम आयोजना हुनेछ । यस्तै भदौं ४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनागर्ने तयारी छ । क्षेत्रपुर स्थित ब्रदर्श फुटसल एरिनामा प्रतियोगिता आयोजना हुने जेसीज वर्ष २०२३ का अध्यक्ष अमर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भदौं ५ गते अभिभावकहरुलाई लक्षित गरेर प्रभावकारी अभिभावकत्व तालिम आयोजना गर्ने तयारी छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा तालिम आयोजना हुनेछ ।
यस्तै भदौं ६ गते ‘मेरो पौरख, मेरो गौरव, मेरो नेपाल ’ विषयक वक्तृत्वकला कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रम नारायणगढ जेसीजको सचिवालयमा आयोजना हुनेछ । यस्तै भदौं ६ गतेनै विषयक अन्तराष्ट्रिय तालिम आयोजनागर्ने तयारी छ । भर्जुअल (जुम) मार्फत तालिम आयोजना हुनेछ । यस्तै भदौं ७ गते जेसीज हाजिरी जवाफ प्रतियोगितासँगे जेसीज सप्ताहा कार्यक्रमको औपचारिक समापन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।