• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै चितवन राष्ट्रिय निकुञ्ज


कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न ।

सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय सम्म स्थानिय सामुदायिक वनमा घाट गद्दी गरेर राखिएको थियो । कटान गरि घाट गद्दी गरेर राख्ने बेला प्रक्रिया पुर्‍याएर स्थानिय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो ।स्थानियले संरक्षण गरेको सामुदायिक वनको काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री बितरणका लागी निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । निकुञ्जले काठ दाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढी सकेको भए पनि बाटो बिस्तारको क्रममा सामुदायिक वनमा काटिएका काठ दाउरा आफुहरुले पाउनु पर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनहरुले जनाएका छ्न ।

लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा आईतबार लामिचौर उपभोक्ता समिति अन्तर्गत पर्ने कुढौली मध्यवर्ती सामुदायिक वन, राजरत्न मध्यवर्ती सामुदायिक वन र शान्ती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सहितका पदाधिकारीको बैठकले बाटो बिस्तारका क्रममा काटिएका काठ दाउरामा स्थानिय सामुदायिक वन र तिनका उपभोक्ताको अधिकार हुने भएकाले लिलाम प्रक्रिया रोकेर तत्काल कटान गरिएका काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न माग गर्ने निर्णय गरेको छ । बैठकले निकुञ्जले आफुहरुको मागलाई बेवास्ता गरेर अगाडि बढे रेन्ज पोस्ट, पश्चिम सेक्टर कार्यालय तथा निकुञ्ज कार्यालय घेर्ने, सडक आन्दोलन गर्ने तयारी जुटन आम उपभोक्तालाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

कटान गर्ने बेला काटिएका काठ दाउरा स्थानिय सामुदायिक वनलाई दिने मौखिक सहमति भएको भए पनि अहिले आएर चितवन राष्ट्रिय निकुञ्जले काठ दाउरा लिलाम बिक्री गरेर वन संरक्षण स्थानिय सामुदायिक वनका उपभोक्ता प्रती अन्याय गरेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । ‘वन संरक्षण उपभोक्ताकै कारणले भएको हामीले बिर्सनु हुदैन, बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा सामुदायिक वन मार्फत उपभोक्तालाई दिनु पर्छ’, पौडेलले भने ।

सामुदायिक वनहरुले वार्षिक कार्ययोजना अनुरुप काठ दाउरा पाईरहेकाले बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए । काटिएको काठ दाउरा सडकको क्षेत्र भित्र पर्ने भए पनि सडक आयोजनाले आफुहरुलाई हस्तान्तरण गरेकाले नियमानुसारनै काठ दाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताए । निकुञ्जले जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब चार वर्ष अगाडि काटेर राखिएको १२ हजार १ सय ४४ क्युब फिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८।५ चट्टा दाउरा लिलामको लागि २१ दिनको म्याद राखेर गत असार २५ गते सूचना निकालेको थियो ।

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.