• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

महानगर प्रमुख दाहालः ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

चितवन, साउन १५भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उहाँ कार्यालय पुग्नुहुन्छ बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् ।

धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।

धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ । यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उहाँको हिँडाइसँगै भेटघाट सुरु हुन्छ । टोलटोलमा उहाँ बिहानी हिँडाइ ९मर्निङ वाक० गर्नुहुन्छ । स्थानीयसँग भेट गर्नुहुन्छ ।

गुनासा एवं सुझाव सुन्नहुन्छ र चालु आयोजनाको अनुगमन गर्नुहुन्छ । कतिपय स्थानीय उहाँसँगै हिड्ने गर्नुहुन्छ । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उहाँ पुगिसक्नुभएको छ । क्रमशः सबै वडामा पुग्ने उहाँको योजना छ ।

नियमित बिहानीको हिँडाइसँगै रहनुहुने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।

भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उहाँले निर्देशन दिने गर्नुभएको छ । दाहालले भन्नुभयो, “भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” नगरवासीका गुनासा सुन्न, सुझाव लिन, उहाँहरुसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उहाँले बताउनुभयो ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुनुहन्छ । त्यसो त उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहनुभएको छ । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उहाँलाई भेट्न आउने गरेका छन् ।

दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राती सुत्ने बेलासम्म उहाँ नगरवासीकै काममा व्यस्त हुने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु ।” बिहान ब्युझिँदै गर्दा बज्ने फोनका घण्टी निदाउनु अघिसम्म बजिरहन्छन् । यो व्यस्तताका बावजुत नगरवासीलाई घरघरमा नै भेट्ने पछिल्लो दैनिकी उहाँको बनेको छ । बिहान ५ देखि बेलुका ८ बजेसम्मको समय उहाँले यस्तै कार्यका लागि छुट्याउँदै आउनुभएको छ ।

सोमबार, साउन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.