गैंडाकोट । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा भएको प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० मा उदयपपुरको गाईघाटका निमा शेर्पा प्रथम भएका छन ।
कालिगण्डकी चोक देखि ढोडेनी सम्मको ९ किलोमिटर ३०० मिटरको दुरी शेर्पाले २३ मिनेट ३६ सेकण्डमा पुरा गरेका हुन् ।यस्तै चितवनका प्रमित थापाले २६ मिनेटमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हाँसिल गरेका छन् भने चितवनकै करण खड्काले ३० मिनेट लगाएर तृतिय स्थान हाँसिल गरेको आयोजकले जनाएको छ ।
विजेताहरुलाई कालिगण्डकी माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा क्रमशः ट्रफि सहित नगद रु. १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको थियो । साईकल यात्रीहरु ढोडीनी पुग्दा वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले स्वागत गरेका थिए ।
प्रतियोगितापछि पुरस्कार वितरण एवं समापन कार्यक्रममा आफ्ना भनाईहरु राख्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले यसप्रकारको प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तर जारी राख्न अनुरोध गरे । उनले प्रतियोगितालाई निरन्तरता दिन सके गैँडाकोट नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा गैँडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारी, वडा नं. २ का वडाध्यक्ष प्रकाश सापकोटा, प्रतियोगिताको सहप्रायोजक सापकोटा साईकलका संचालक गोपाल सापकोटा श्रीकृष्ण गण्डकी मावीका प्रधानाध्यापक सुर्यनाथ तिवारीले लगायतले बोलेका थिए ।
क्लवका सचिव सुगम पोखरेलले संचालन गरेको प्रतियोगिताको समापन कार्यक्रम लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशम दर्लामीको अध्यक्षतामा भएको थियो ।प्रतियोगितामा ३२ जनाको सहभागिता थियो ।