चितवन, साउन ८-
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा आज मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै मृत्यु भएको थियो ।



