गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक युवकले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ बिकासचोक घर भएका २८ वर्षका गणेश पौडेलले आफ्नै घरको आफु सुत्ने कोठामा आत्महत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।
विहान ९ वजे कोठाको पंखाको हुकमा तन्नाको पासो लगाई उनले आत्महत्या गरेका हुन् । पौडेलले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



