नयाँ दिल्ली, असार २८-
हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।
सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु ?’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।
उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।