• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणघाट –बुटवल सडक : दुई वर्ष म्याद थप्न निर्माण कम्पनीको प्रस्ताव !

नवलपुर । नारायणघाट – बुटवल सडक विस्तार आयोजनाको म्याद सकिने करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आउँदो भदौ ११ गते सकिदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यस बिचमा निर्माण कम्पनीले करिब दुई वर्ष म्याथ थपको प्रस्ताव गरेको छ ।

बस्ती क्षेत्रमा छ लेन , जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताउनुभयो । ‘पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्रे गर्ने, साना ठूला पुलहरू निर्माण गर्ने लगायतका काम सँगै अघि बढिरहेको छ’ ढकालले भन्नुभयो ।

पूर्वी खण्ड नवलपुर तर्फ दुवै तर्फ गरि एक सय ३० किलोमिटर मान्दा आयोजनाले हाल सम्म १४ दशमलब ५ किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सम्पन्न भएको इन्जिनियर ढकालले बताउनुभयो ।

पूर्वी खण्डमा रहेका १२ वटा ठूलो पुल मध्य ९ वटामा सब स्ट्रक्चरको काम सकिएको, २ वटामा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउण्डेसनको काम चलिरहेको इन्जिनियर ढकालले बताउनुभयो । यस खण्डमा रहेका २२ वटा साना पुल मध्य २१ वटामा काम सुरु गरेकोमा १८ वटा पुलको दुवै तर्फको काम सकिएको छ । तीन वटामा एकतर्फीको काम सकिएको उहाँले बताउनुभयो ।

गतवर्षहरूमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेकोमा अहिले त्यो समस्या नहुने इन्जिनियर ढकालले बताउनुभयो । अहिले सबै जसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कतै कतै कल्भर्टहरु भएको स्थानमा केही समस्या देखिएपनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने इन्जिनियर ढकालले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ । विसं. २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं. २०८० भदौ ११ गते सम्मका लागि म्याद थप गरिएको थियो । यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको इन्जिनियर ढकालले बताउनुभयो । ‘निर्माण कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ, मागे जति म्याद थप हुदैन, अहिले मूल्याङ्कन गर्ने काम हुँदै छ, सोही अनुसार यस विषयमा पछि निर्णय हुन्छ’ इन्जिनियर ढकालले भन्नुभयो । नारायणगढ – बुटवल सडक बिस्तार आयोजना विसं. २०७५ चैतमा सुरु गरि करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

एक सय १३ किलोमिटर लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा विभाजित गरि काम अघि बढाइएको छ । दुवै प्याकेजको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु. १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा अघि बढाइएको हो ।

बुधबार, असार २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.