चितवन, असार २७–
भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहाल काठमाडौ पुगेकी छन् । आमा सीता दाहालको निधनपछी रेनु आज बिहान काठमाडौ गएकी हुन ।
सीता दाहालको निधन भएपछी चितवन शोकमा डुबेको छ । दाहाल परिवारको गृहजिल्ला चितवन हो । भरतपुर–१४ शिवनगरमा घर भएका दाहाल परिवार काठमाडौ बस्दै आएका थिए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश र जेठी छोरी ज्ञानुको अल्पायुमै निधन भएको थियो ।



