नवलपुरको गैँडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनले यस वर्ष पनि एसइइमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।एसइइ परीक्षा २०७९ मा सम्मिलित ५१ जना विद्यार्थी सबै उतीर्ण भएका छन् ।
३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी ७ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी २० जना, २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थी १० जना, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थी ८ जना, २ देखि २.४ जिपिए ल्याउने विद्यार्थी ४ जना र १.६ देखि २ जिपिए ल्याउने विद्यार्थी १ जना रहेको विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले विद्यालयले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याएको बताउँदै गत वर्ष ३.०२ औसत जिपिए रहेकोमा यस पटक भने औसत जिपिएमा वृद्धि भई ३.११ पुगेको जानकारी दिनुभयो। उत्कृष्ट नतिजा ल्याउनका लागि शिक्षक, अभिभावक , विद्यार्थी , कर्मचारी एवम् सम्पूर्ण शुभचिन्तकहरुको महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो।
एसइइको नतिजा आएसँगै विद्यालयले कक्षा ११ का लागि भर्ना पनि खुलाएको छ।हाल विद्यालयमा विज्ञान , व्यवस्थापन , कम्प्युटर , होटेल व्यवस्थापन लगायतका विषयहरु सञ्चालनमा रहेका छन् ।एसइइ उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक बधाइसहित समुज्ज्वल भविष्यको शुभकामन व्यक्त गर्दछौँ र शैक्षिक सत्र २०८०/८१ का लागि कक्षा ११ मा विद्यालयमा हार्दिक स्वागत गर्दछौँ।