चितवन, असार २१।
चितवनको भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको ज्ञानदर्शन इंग्लिश बोर्डिङ स्कुलले यस वर्ष पनि एसईईमा उत्कृष्ट नतिजा हासिल गरेको छ । ज्ञानदर्शनका विद्यार्थी नमन बाबु चापागाईंले ४ जीपीए ल्याएका छन् भने श्रेया लौडारीले ३.९५ जीपिए ल्याएकी छिन्। अन्य विद्यार्थीको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।
ईसाईई दिएका ३२ जना विद्यार्थी मध्य ८ जना विद्यार्थीले ३.६५ देखि ४ जिपिए ल्याउन सफल भएका विद्यालयका प्राचार्य मनिष घिमिरेले जानकारी दिनु भयो।
स्थापनाको छोटो समयमै विद्यालयले सफलता प्राप्त गर्न सफल भएकोमा आफूहरु निकै हर्षित भएको र सम्पूर्ण विद्यार्थीहरु र अविभावकहरुलाई विद्यालयका प्राचार्य घिमिरेले बधाई समेत दिनु भएको छ।