गैँडाकोट । गैँडाकोटमा पोखरीमा डुवेर दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास स्थित सिचाईको पोखरीमा डुवेर दुईजना बालकको मृत्यु भएको गैँडाकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।
अन्दाजी १३/ १४ वर्षका दुइ बालकहरुको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ ।गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो ।



