• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ४. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ५. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

अतिक्रमणमा परेको पुङ्गी खोला संरक्षण गर्दै भरतपुर महानगर,सिमाङ्कनको काम हुँदै

चितवन,असार ६-

भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि महानगरपालिकाले काम सुरु गरेको छ । वडा नं ११, २, ३ र ४ हुँदै बग्ने सो खोला संरक्षणका लागि महानगरपालिको पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति बनाएर काम सुरु गरेको हो । विसं २०२१ को नापी सर्वेभन्दा पहिलादेखि रहेको सो खोला अतिक्रमणमा परेसँगै महानगरले संरक्षणका लागि काम सुरु गरेको हो । भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष अध्यक्ष विकास थापाको संयोजकत्वमा समिति गठन गरेर कामलाई अघि बढाइएको हो ।

समितिका सदस्य सचिव विकास देवकोटाका अनुसार पुङ्गीखोला संरक्षणका लागि अहिले सिमाङ्कनको काम सुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ र ४ मा सिमाङ्कनको काम सम्पन्न भई सकेको छ ।

अहिले वडा नम्बर २ को सिमाङ्कनको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दुई खोलाको सिमानाभित्र वडामा २० भौतिक संरचना बनेको पाइएको छ ।” सिमाङ्कनका क्रममा कतिपय स्थानमा नक्शामासमेत नभेटिएको उहाँले जानकारी दिनुभयो ।

समितिका संयोजक वडाध्यक्ष थापाले सिमाङ्कनको काम सकिएपछि गुरुयोजना अनुसार काम अघि बढाइने छ । भरतपुर महानगरपालिकाले दुई वर्षअघि तयार पारेको गुरुयोजना अनुसार काम सुरु गरिएको हो । नक्शाङ्कनको काम सकिएसँगै गुरुयोजनालाई परिमार्जन गरी कामलाई अघि बढाइने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने सो खोला ७ किलोमिटर तल भरतपुर महानगरपालिका वडा नं ४ रामघाटमा नारायणी नदीमा गएर मिसिएको छ । खोलाको रेखाङ्कनको काम असार महिनाभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको महानगरपालिकाले जनाएको छ । गुरुयोजना अनुसार महानगरले पुङ्गी खोलालाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।

तीन स्थानमा पार्क निर्माण, खोला किनारमा हरियाली, पैदल मार्ग, साइकल मार्ग लगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार गरिएको थापाले बताउनुभयो । हाल अतिक्रमणमा परेको खोला कतै साँधुरो र नालीको रुपमा प्रयोग हुँदै आएको देखिन्छ । खोलालाई पहिलेको जस्तै स्वच्छ राख्नका लागि खोलामा मिसाइएका ढलको व्यवस्थापनसमेत गुरुयोजनामा राखिएको छ ।

भौतिक संरचना हटाइ यसलाई पुरानै अवस्थामा फर्काउने गरी काम गर्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख बजार क्षेत्र हुँदै बग्ने यो खोलाको अतिक्रमण हटाएर सुन्दर रुप दिन्छौंँ ।” कानुनसम्मत काम अघि बढाइएको भन्दै उहाँले अतिक्रमित संरचना हटाउन समय दिने जानकारी दिनुभयो । उहाँले थप्नुभयो “समयमा संरचना नहटाए हामी आफैले हटाउँछौँ ।”रासस

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ४.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.