• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

नारायणीमा चल्ने क्रुजसीपमा बढे पर्यटक,अब सन्ध्याकालीन क्रुज पनि संचालन हुने


नवलपुर, जेठ २१ –

मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको छ । क्रुजसीपका कारण नवलपुर र चितवनमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको होटल व्यवसायी बताउँछन् ।

गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउनुहुन्छ । “नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ” उहाँ भन्नुहुन्छ, “केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।”

क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्याल दैनिक तीन चरणमा क्रुजसीप सञ्चालन भइरहेको बताउनुहुन्छ । “नियमित सेडुलमा पब्लिकका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालनमा छ” उहाँ भन्नुहुन्छ, “दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उहाँहरुकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।” अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ । आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज)पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउनुहुन्छ । “पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ” उहाँ उल्लेख गर्नुहुन्छ, “बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।” कम्पनीले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपका आकर्षण प्याकेज घोषणा गर्ने तयारी गरिरहेको छ ।

“देशका विभिन्न स्थानबाट व्यक्तिगत तथा सामूहिकरुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन् ” व्यवस्थापक विक्रम बस्याल भन्नुहुन्छ, “सहकारी, बीमा कम्पनी र विभिन्न सङ्घसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेको हामीलाई जानकारी गराउँछन् ।” प्रतिव्यक्ति रु ७०० को टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइने उल्लेख गर्दै उहाँ पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि रु ५०० को टिकटको व्यवस्था गरिएको उल्लेख गर्नुहुन्छ । टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको रु १० लाख बराबरको बीमा गरिएको छ । साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ।

क्रुजसीपभित्रै रेष्टुराँ सञ्चालनमा छ । बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्यालल बताउनुहुन्छ । क्रुजसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरु राखिएका छन् । तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ । क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ ।

नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसीपको यात्रा गर्न आउनुभएकी आरती शर्मा पहिलो पटक क्रुजसीप चढ्न पाउँदा निकै उत्साहित भएको बताउनुहुन्छ । “यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैले अनुभव गर्न पाएँ” उहाँ भन्नुहुन्छ, “अहिले छोटो दूरीमा यात्रा गराइने रैछ, यात्रा गर्ने दूरी अलि बढाउँदा रमाइलोसँगै नारायणी किनारको दृश्यावलोकन पनि गर्न पाइन्थ्यो ।” छोटो समयका लागि घुम्ने ठाउँको रुपमा क्रुजसीपको यात्रा उपयुक्त स्थान भएको शर्माको भनाइ छ ।

 

 

आइतबार, जेठ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.