चितवन
युवा संगठन नेपाल चितवनको छैठौं जिल्ला सम्मेलन शनिबार हुनेभएको छ । सम्मेलन भरतपुर क्यान्सर अस्पतालको अडोटोरियम हलमा हुने भएको हो ।
सम्मेलनलाई नेकपा महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । छैठौं जिल्ला सम्मेलनको अवसरमा भोलि बिहान १० बजे पारस बसपार्कबाट मोटरसाइकल र्याली निकालिने भएको छ । र्याली चौबीसकोठी, पुल्चोक, पोखरा बसपार्क, आपटारीबाट पुन: पारस बसपार्क हुँदै क्यान्सर अस्पतालको अडोटोरियम हल पुग्नेछ । कार्यक्रम दिउँसो १२ बजे हुने आयोजकले जानकारी दिएको छ ।