• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

चितवनबाट सवारी लाइसेन्स लिन सेवाग्राहीलाई हैरानी, पाँच पटक असफल भएपछि प्रमुखलाई उजुरी


चितवन, जेठ ६-

यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण गर्न सुरु गरेपछि चितवनका नागरिक हर्षित भएका थिए । तर, अहिले आवेदन दिनेदेखि लाइसेन्स लिदासम्म विभिन्न हैरानीले सेवाग्राहीले सास्ती भोगिरहेका छन् । सहज र सर्वसुलभरुपमा सेवा पाउने नागरिकको आशा निराशामा बदलिएको छ ।

राजमार्गमा धेरै वर्ष अगाडिदेखि गाडी चलाएका भरतपुर–४ लक्ष्मीपुरका प्राध्यापक विष्णु ज्ञवालीले गाडीको लाइसेन्सको लागि पाँच पटक ट्रायल दिँदा पनि सानातिना कारणले असफल बनाइएपछि यातायात कार्यालयका प्रमुख कालीबहादुर भुजेललाई लिखित उजुरी नै दिएका छन् । उनले तीनवटा ट्रायल कावासोतीमा दिइसकेका थिए भने दुईवटा भरतपुरमा दिएका छन् । एकपट वीरगञ्जमा भने उपस्थित हुन सकेनन् । उजुरीमा उनले यातायात व्यवस्था निर्देशिका अनुसार अनुतिर्ण गर्ने भन्दा पनि व्यक्तिको तजबिजी अनुसार अनुतिर्ण गरिएको भन्दै गत सोमबार उजुरी दिएका हुन् ।

ज्ञवालीले नारायणी अनलाइनलाई भने, ‘ भरतपुरमा गाडीको लाइसेन्स लिनु चिठ्ठा परेजस्तै रहेछ । यसले सवारी चलाउने सीपको परीक्षण गर्दैन । म गाडी चलाएर सकेपछि अन्त्यमा रोक्नेक्रममा हर्न बजेको कारणले र एकपटक भाइजर चलेको कारणले असफल हुँदै आएको छु । यस्ता व्यक्तिको तजबिजीको आधारमा फेल र पास गराउने प्रणाली यातायात व्यवस्था निर्देशिका अनुरुप छैन ।’ यस विषयमा भुजेल सकारात्मक नै रहे पनि अर्का प्रहरी निरीक्षक राजकुमार तामाङ भने अहिलेकै व्यवस्था ठिक हो भन्ने पक्षमा रहेको उनले आरोप लगाए ।

प्राध्यापक ज्ञवालीले हरेक पटक आवेदन दिनेहरु मध्ये सवारी लाइसेन्सको परीक्षामा कतिजना उतीर्ण र कति जना अनुतिर्ण भए भन्ने पारदर्शिता यातायात कार्यालयले नअपनाएको भन्दै आक्रोश पोखेका छन् । यस्तो कारणले चितवनमा बदनियतपूर्ण नतिजा आउने सम्भावना बढी हुने उनको आशंका छ । उनले भने, ‘आफूसँगै ट्रायल दिएर असफल भएको व्यक्तिले लाइसेन्स पायो वा पाएन भन्ने म जान्न चाहन्छु । लाइसेन्स पाएको व्यक्तिलाई पनि फेरि दोस्रोपटक चलाउन दियो भने लाइसेन्स पाउँछ नै भन्ने कुनै ग्यारेन्टी छैन ।’ उनले ट्रायल दिन जाँदा कर्मचारीले नै मेरोमा ३० हजार रुपैयाँ तिर्नुहोस् पास गराउने जिम्मा मेरो भनेर भन्ने गरेको गुनासो गरे ।

भरतपुर–२१ पर्वतीपुरकी अर्काे सेवाग्राही रमा सुवेदीले पनि मोटरसाइकलको लाइसेन्स निकाल्न ट्रायल दिन जादा फरक परिदृश्य देखिन् । उनले भनिन्, ‘ बिगत दुई वर्षदेखि भरतपुरमा लाइसेन्स खुल्छ र लिने भनेर बसिरहेको थिए । तर, म ट्रायल दिन जादा पूरा लाइनमा बसेँ । मेरो पालो आएन तर पैसा तिरेर सिक्न भन्दै भित्र जानेहरुले भने लाइननै बस्नुनपर्ने गरी पालो पाए । ४०० रुपैयाँ तिर्दा दुईपटक राम्रोसँग पनि घुमाउन नपाउने अवस्था रहेछ ।’ पैसा तिर्ने र नतिर्ने भनेर सरकारी सेवा लिनको लागि पनि दुई खाले ब्यवस्था गरिएको मलाई मन परेन । ’ सेवाग्राहीले निकै लामो लडाइँ र शक्ति संघर्षपछि मात्र चितवनबाट लाइसेन्स दिने व्यवस्था गरिएको भन्दै यातायात कार्यालयको सेवामा शंका व्यक्त गरेका छन् ।

यातायात व्यवस्था कार्यालय चितवनका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले लाइसेन्सको बारेमा नागरिकको धेरै गुनासो आएको बताउँदै लाइसेन्स नपाउने केही न केहीले आरोप लगाउने गरेको बताए । उनले भने, ‘ हामीले नागरिकको गुनासो त सुन्नै पर्छ । कसले लाइसेन्स पायो र कसले पाएन भन्ने माइनट कार्यालय प्रमुखसँग हुन्छ । हामीले कसरी हुन्छ लाइसेन्स बितरण प्रक्रियालाई सहज बनाउने प्रयास गरिरहेका छौं ।’ उनले चितवनबाट लाइसेन्स दिने काम एकदमै झन्झटिलो र खर्चिलो भएको बताए । गत चैत २६ गतेबाट चितवनमा नयाँ सवारी लाइसेन्स बितरणको काम सुरु गरिएको हो । ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङ सेन्टरले पाएको छ ।

Source : Narayanionline

 

 

शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.