• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भरतपुरमा हुने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा १५० बढी स्टलहरु रहने


चितवन, वैशाख १९-

भरतपुरमा वैशाख २२ गते शुक्रबारबाट सुरु हुने सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।

उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुतुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा हुन लागेको छ । ‘दिगो आर्थिक विकासका लागि वृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित सुरु हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरु रहेनछन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अवलोकर्ताहरुलाई निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको अवसरमा उद्योग मन्त्रालयबाट ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ का विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायत अवलोकनकर्ताको रुपमा रहने छन् ।

प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने\नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रुपमा रहने र उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गरिने छ । नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ, लेबलिङ र प्याकेजिङ, प्रक्रियाका सम्बन्धमा अनुभव आदानप्रदान मार्फत् ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन महत्वपूर्ण अवसर प्राप्त हुने आयोजकको दाबी छ ।

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरुपमा चलायमान हुन गइ आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र ,बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ,घरेलु तथा साना उद्योग महासंघ, , चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकालगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहने जनाइएको छ ।

आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदान मार्फत् उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यस प्रदर्शनी कोशे ढुंगा साबित हुने आशा गरिएको छ ।

 

 

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.