गैँडाकोट । अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नवलपुरको गैँडाकोटमा नागरिक अगुवाहरुले रिले अनसुन सुरु गरेका छन् ।गैँडाकोटको काग्रेसचोकमा आजदेखि सुरु भएको रिले अनसन सरकारले निर्णय नसच्याउन्जेल जारी रहने रिले अनसनका संयोजक गोकुल सापकोटाले बताउनुभयो ।
अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने संयोजक सापकोटाले चेतावनी दिनुभयो । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न रिले अनसनमा सहभागिहरुले दबाव दिएका छन् ।



