गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको कालिका मेडिकल कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल कलेजले वैसाख १५ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु गरेको हो ।
बैसाख १५ गतेदेखि प्रवेश परिक्षा तयारी सुरु भएको जनाउँदै वैसाख ३० गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गराउने कलेजले जनाएको छ ।कालिका मेडिकल कलेजका प्रशासन प्रमुख तोयनाथ दवाडीका अनुसार स्टाफ नर्स, एचए, ल्याव-टेक्निसियन, फिजियोथेरापी र रेडियोग्राफी पढ्न इच्छुक विद्यार्थीहरुका लागि तयारी कक्षा सुरु गरिएको हो ।
https://youtu.be/0vt9mByD0OQ
आधुनिक ल्याव, आफ्नै अस्पताल, प्रयोगात्मक प्रयोगशाला, दक्ष जनशक्ति तथा गुणस्तरीय शिक्षाका कारण कालिका मेडिकल कलेजले चितवन नवलपुर र यस आसपासका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।



