चितवन, वैशाख ८–
राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्लेका बुवाले चढ्ने गरेको गाडीमा गएराती अज्ञात समूहले तोडफोड गरेको छ ।
स्वर्णिमका बुवा जीवन वाग्ले चढ्ने गरेको बा ११ च ४२५० नम्वरको कार तोडफोड भएको रास्वपा सभापति रवि लामिछानेका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।
दमौली बजारस्थित सन्तोष होटेल अगाडी पार्किङमा राखिएको उक्त कारको पछाडिको बायाँतर्फको ढोकाको सिसा फोडिएको उनले बताए ।