गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजनामा किसानहरुका लागि माटोको नमुना संकलन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका कृषि विकास शाखाको आयोजनामा नगरका वडा नं. ४ र ६ का किसानहरुका लागि तालिम दिइएको हो ।
कृषि विकास शाखाका प्रमुख राजुप्रसाद शर्माका अनुसार तालिममा सहभागि कृषकहरुलाई आफ्नो खेतबारीबाट माटोको नमुना के कसरी ल्याउने भन्ने बारेमा जानकारी गराइएको थियो ।गैँडाकोट नगरपालिकाको आयोजनामा यहि बैशाख ११ गते गैँडाकोट नगरका ब्यवसायिक किसानहरुको खेतबारीको माटो परिक्षण गर्ने कार्यक्रम छ ।
कार्यक्रममा कृषि विकास शाखाका प्राविधिक सहायक सुरक्षा पौडेल, निरुता पूलामी (मगर), गैँडाकोट ६ का वडासदस्यहरु पवित्रा अधिकारी, रणबहादुर दराइ लगायतको उपस्थिति रहेको थियो



