सौराहा, २२ चैत
गए राती सौराहामा हात्ती लाई हतियार प्रहार भएको छ। साँढे एघार बजे राती हात्ती लाइ आक्रमण गरिएको थियो। अज्ञात व्यक्तिले हात्तीको सुडमा प्राहार गर्दा सुँड दुइ टुक्रा भएकोछ। स्थानीय दिपक खतीवडाको ४५ बर्षिय चनचनकली नामको हात्ती लाई घरमा आएर आक्रमण गरीएको हो।
हात्ती पीडाले कराए पछि हेर्न पुग्दा सुँड काटिएको अबस्था मा भेटिएको खतिवडा ले बताए। खबर प्राप्त हुना साथ हात्तीको अबस्था बारे बुझ्न पुगेकपुगेका राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा का प्राबिधिक किरन रिजाल ले मार्ने उद्देश्य ले हात्तीको सुँड काटिएको हुन सक्ने बताएका छन्।



