नवलपुर –
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैठौँ प्रदेश सभाले आगामी कार्यकालका लागि नवलपुरका अमृत भट्टचनलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षका दाबेदार नवलपुर गैँडाकोटका भट्टचन र स्याङ्जाका शोभाकान्त पौडेल दुबैले नेतृत्वमा दाबी गरेका थिए । सहमतिमा गोलाप्रथा गर्दा भट्टचन विजयी हुनुभएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका भट्टचन नवलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हुनुहुन्छ । भट्टचनको कार्याकाल तीन वर्षको हुनेछ । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा (एसोसिएट) मा कास्कीका सूर्यबहादुर भुजेल र जिल्ला नगर उपाध्यक्षमा पर्वतका केदारनाथ शर्मा, कोषाध्यक्षमा नवराज सुवेदी सर्वसम्मत भएका छन् ।