चितवन,चैत ४-
चितवनको नारायणगढस्थित बालकुमारी कलेजमा पनि स्ववियु चुनाव स्थगित भएको छ । निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै स्ववियु चुनाव स्थगित भएको जानकारी दिएको हो । कलेजको लेखा शाखा र प्रशासनमा तालाबन्दी भएका कारण चुनाव स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा.गुणराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अर्को सूचना प्रकाशित नहुँदासम्म स्ववियु निर्वाचनका प्रकृयाहरु स्थगन गरिएको छ ।