नेपाली जुत्ता चप्पलकाे प्रवर्द्धन गर्न भनेर चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा लगाइएको जुत्ता चप्पल मेलामा विदेशी स्टिकर भएको जुत्ता चप्पल भेटीएको छ। नेपाली जुत्तालाई प्रवर्द्धन गर्ने हेतुले गरिएको मेलामा मेड इन भियतनाम, मेड इन कोरिया लगायत विभिन्न देशको स्टिकर सहित भएको जुत्ता भेटिएको हो।

प्रदर्शनी केन्द्रमा राखिएको स्टल घुमफिर गर्ने क्रममा विभिन्न स्टलहरुमा राखिएको जुत्तामा विदेशी स्टिकर भेटिएपछि नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय सङ कुराकानी गर्दा उहाँले नेपाली जुत्तालाई विदेशी भनेर बेच्दा छिटो बिक्रि हुने र हेर्ने ग्राहकले हेर्ने दृष्टिकोण फरक पर्ने हुनाले नेपाली जुत्तामा विदेशी स्टिकर टासेँकाे बताए। उहाँले ग्राहकहरुलाई आकर्षण गर्नकै लागि नेपाली जुत्तालाई विदेशी जुता भनेर झुक्याएर बेच्न पर्ने बाध्यता रहेपनि यस्तो गर्न भने नपाइने बताउनुभयो।

प्रदर्शनी केन्द्रमा जुत्ता चप्पल मेला हेर्न पुगेका भरतपुर-१६ का सुनिल थापाले नेपाली जुत्ता प्रवर्द्धन गर्न भनेर राखिएको मेलामा यस्तो गर्नु गलत भएको बताए। उनले नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर नेपाली लेख्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै नेपाली लेख्दैमा नेपाली जुत्ता लगाउदैमा कसैलाई केहि फरक पर्दैन नेपाली भएर नेपाली लगाउनमा र नेपाली बेच्नमा गर्व गर्नुपर्ने बताउनुभयो। नेपाली भनेर मेड इन भियतनाम कोरिया भनेर बेच्नु आम उपभोक्तालाई ठगी गरेको र नेपाली सामन भनेर बेच्न राखेको ठाउँमा यस्तो सामन भेट्नुले आफू जस्तो नेपाली सामनलाई माया गर्नेहरुलाई निराश तुल्याएको बताए।
https://youtu.be/lJoysjxGEuQ



